news

सौल दक्षिण कोरिया न्याय मन्त्रालयले एक सुचना जारी गर्दै जहाज निर्माण कम्पनिमा कार्यरत बिदेशी कामदारलाई  भिषा परिवर्तनको प्रक्रियालाई  सहजता प्रदान गर्ने गरि अनुभवको प्रमाणपत्र  बनाउने सम्बन्धि  अस्थायी समाधान स्वरुप एउटा सुचना प्रकाशित गरेको छ ।

  यस भन्दा अगाडि जहाज निर्माण कम्पनीमा वेल्डिङको काम गर्नेहरुलाई  पेशागत अनुभव, क्षमता,दक्षताको प्रणाणपत्र  तोकिएको परिक्षा केन्द्रमा उपस्थित भएर परिक्षा दिनुपर्ने थियो  । यसको  लागि संबंधित उर्जा मन्त्रालय अन्तर्गत संचालित परिक्षा पास गर्नुपर्ने , अन्तर्राष्ट्रिय जहाज निर्माण सम्बन्धि आधारभुत मापदण्ड ( FCAW,GMAW,GTAW) अनुसार वेल्डिङमा मध्यम स्तर भन्दा माथिको प्रमाणपत्र र वेल्डिङ सम्बन्धी २ बर्ष अनुभव भएको हुनुपर्ने थियो । तर यो प्रक्रिया अन्त्यन्तै झन्झटिलो भएको र सबैलाई सहज नहुने भएकोले अल्पकालीन समाधान र सहजता प्रदान गर्ने उद्देश्यले न्याय मन्त्रालयले संशोधन गरेको छ  ।

संसोधन गरेकोमा संबंधित कम्पनीको  उर्जा मन्त्रालय अन्तर्गत संचालित आधारभुत परिक्षा पास हुनुपर्ने , अन्तर्राष्ट्रिय जहाज निर्माण सम्बन्धि आधारभुत मापदण्ड ( FCAW,GMAW,GTAW) अनुसार वेल्डिङमा मध्यम स्तर भन्दा माथिको प्रमाणपत्र  हुनुपर्नेछ ।  हाल संशोधन गरिए अनुसार अहिले काम गरिरहेकै कम्पनिमा सम्बन्धित विशेषज्ञ तथा वेल्डिङ सम्बन्धि अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र धारण गरेको ब्यक्तिद्वारा वेल्डिङमा दक्ष रहेको प्रमाणपत्र लिन सक्नेछन । सोही  प्रमाणपत्रलाई वेल्डिङ सम्बन्धि दक्ष  भएको आधार मानेर E-7-4 भिषा प्राप्त गर्न सहज हुनेछ । यस प्रकारको संसोधित नियम 2023 जनवरी ३१ देखि 2025 जनवरी ६सम्म अस्थायी रुपमा लागू हुनेछ । न्याय मन्त्रालयले निकालेको सुचना यस प्रकार रहेको छ  । source//:https://hellokoreanepal.com/.