कोरियाको E-9 श्रमिक भिसामा ठूलो परिवर्तन आउँदैछ! 

अब साहुको अनुमति बिना नै कम्पनी परिवर्तन गर्न पाइने तयारी दक्षिण कोरियाले E-9 भिसा प्रणाली अन्तर्गत विदेशी श्रमिकहरूका लागि ऐतिहासिक नीति परिवर्तन गर्ने तयारी गरिरहेको छ। यद्यपि यी नियमहरू अझै औपचारिक रूपमा घोषणा भइसकेका छैनन्, तर विश्वसनीय स्रोतहरूका अनुसार अहिलेसम्म नसोचिएका नयाँ व्यवस्था लागू हुने सम्भावना देखिएको छ।
प्रस्तावित मुख्य परिवर्तनहरू 
कोरियन भाषा र तालिम अनिवार्य अब E-9 भिसा नवीकरण गर्न चाहने श्रमिकले कोरियन भाषा अध्ययन कामसँग सम्बन्धित व्यावसायिक तालिम अनिवार्य रूपमा पूरा गर्नुपर्ने तयारी भइरहेको छ। E-9 भिसाको कुल अवधि ९ वर्ष नयाँ प्रस्तावअनुसार E-9 भिसाको अधिकतम अवधि ९ वर्ष बनाइनेछ। सुरुका १–२ वर्ष कम्पनी परिवर्तन बन्द पहिलो १ वा २ वर्ष (अझै निश्चित छैन) कम्पनी परिवर्तन गर्न नपाइने त्यसपछि साहुको अनुमति बिना कम्पनी परिवर्तन निर्धारित समयपछि भने साहुको अनुमति बिना नै कम्पनी परिवर्तन गर्न पाइने व्यवस्था ल्याइने तयारीमा छ। हरेक ३/३ वर्षमा भिसा नवीकरण तर
भाषा र तालिम पूरा नगरेमा भिसा नथपिन सक्ने प्रावधान पनि समावेश गरिँदैछ।
किन ल्याइँदैछ यो नीति? विशेषज्ञहरूका अनुसार यो कदम
दीर्घकालीन श्रमिक व्यवस्थापन
उत्पादनशीलता वृद्धि
विदेशी श्रमिकहरूको सामाजिक एकीकरणलाई प्राथमिकतामा राखेर ल्याउन खोजिएको हो।
महत्वपूर्ण सूचना
यस विषयमा औपचारिक घोषणा भने अझै हुन बाँकी रहेको सम्बन्धित निकायले जनाएको छ। अन्तिम निर्णय आउँदासम्म अपडेटमा रहनुहोला 
यो जानकारी उपयोगी लाग्यो भने शेयर गर्न नबिर्सनुहोस्! 
