news

टर्की तथा सिरियामा आएको विनाशकारी भुकम्पमा परेकाहरुको उद्दार तथा खोजी कार्यमा सघाउन ११० जनाको कोरियाली उद्दार टोली बुधबार टर्कीको भुकम्प प्रभावित क्षेत्र पुगेको सउल स्थित पररास्ट्र मन्त्रालय ले जनाएको छ।

KC-330 नामक सैन्य ट्याङ्कर विमान मार्फत ५० जना सैन्य कर्मचारी र ६० जना अग्नी नियन्त्रक तथा उद्दार टोली र चालक दलका सदस्य सहित ११८ व्यक्तिहरू लिएर टर्कीको दक्षिणपूर्वी क्षेत्रको गाजियन्टेप एयरपोर्टमा अवतरण गरेको मन्त्रालयले बताएको छ।

गान्जियन्टेप सहर ७.८ म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दु सहर हो।विनासकारी भुकम्पको कारण टर्कीको दक्षिणी क्षेत्र र सिरियालाई पनि नराम्ररी असर गरेको छ, जसमा हजारौं मानिसको मृत्यु भएको छ।

टर्कीको स्थानीय निकायको अनुरोधमा कोरियाली टोलीले भूकम्प प्रभावित क्षेत्रका विभिन्न स्थानमा परिचालन भई त्यहाँ उद्दार ,खोज तथा उपचार समेत गर्नेछ।गुरुदत्त न्यौपाने/सिओल Source//: https://hellokoreanepal.com/