news

किशन गौतम ,दक्षिण कोरिया २०८० असार २३

दक्षिण कोरियामा आगामी सेक्टेम्बर देखि लागु हुने कार्यस्थल परिवर्तन सम्बन्धि नयाँ नियम पूर्णतया रोजगार दाताको पक्षमा आएको छ l

सरकारी नीति समन्वय कार्यालयले बुधबार E-9 भिसा बाहकहरुका लागि केहि नयाँ नियमहरु घोषणा गरेको छ । घोषित नियमहरू आगामी सेप्टेम्बर देखि E -9 अन्तर्गत पहिलो पटक कोरिया प्रवेश गर्ने आप्रवासी कामदारहरूमा मात्र लागू हुनेछ ।
सन् २०२३ सेक्टेम्बर भन्दा पहिला कोरिया प्रवेश गरेका श्रमिकको लागी भने पुरानै नियम कायम रहने कार्यालयको सुचनामा उल्लेख छ l

नयाँ नियम अनुसार आप्रवासीलाई कार्यस्थल परिवर्तन गर्न निकै कठिन पर्ने छ किनकि नयाँ कार्यस्थलहरू परिवर्तन गर्न एउटै उद्योग र एउटै क्षेत्रमा मात्र अनुमति दिइनेछ, सरकारले देशलाई सियोल, ख्याङ्गी प्रान्त , जियोला प्रान्त जस्ता धेरै क्षेत्रीय क्षेत्रहरूमा विभाजन गर्ने योजना बनाएको छ ।

उनीहरुले परिबर्तन गरि उही क्षेत्र र उस्तै खालको कार्यस्थलमा मात्र जान पाउने छन l स्थानीय स्तरमा कामदारको आभाव नहोस भन्ने उदेश्यले उक्त माग रोजगारदाताहरुले सरकार समक्ष पहिला देखि नै राख्दै आएका थिए l

नयाँ नियमले आप्रवासी कामदारहरूको अप्रत्याशित अभाव भएका कोरियाली रोजगारदाताहरूलाई तुरुन्तै कामदारहरू प्रतिस्थापन गर्न अनुमति दिनेछ । हालसम्म, रोजगारदाताहरूले आप्रवासी कामदारहरूलाई काममा राख्ने प्रयास गर्नु अघि दुई हप्तासम्म कोरियाली कामदारहरूको स्थानीय रोजगार केन्द्रबाट प्रतिस्थापन खोज्नु पर्ने थियो । नयाँ नियमहरूले अनिवार्य अवधिलाई हटाउने छ l जसले रोजगार दाताहरुलाई कोरियाली कामदारहरू भन्दा तुरुन्तै आप्रवासी कामदारहरू छनौट गर्न सम्भव बनाउनेछ ।

परिवर्तित नियमानुसार कोरियाली रोजगारदाताहरू र आप्रवासी कामदार बीच थप समझदारी बढाउन रोजगार कार्यालयले मध्यस्थकर्ताको ब्याबस्था गर्ने छ र विदेशी कामदारहरूले पुरानो कार्यस्थल के कति कारणले छाडेको लगाएतका जानकारीहरुको अभिलेखको नयाँ रोजगारदातालाई उपलब्ध गराउने छ l

उक्त नियम अनुसार आप्रवासी कामदार कमिटेड रुपमा पुनः कोरिया आउन चाहेमा शुरुको कार्यस्थलमा कम्तिमा पनि १ बर्ष काम गर्नु पर्ने छ l

साथै स्वदेश नफर्की लगातार १० बर्ष नै कोरियामा बस्न सक्ने  वा त्यो  भन्दा पनि अबधि बढाउन सक्ने  नियमको  पूर्ण प्रक्रिया आउन अझै केहि समय लाग्ने पनि बताइएको छ lsource//:hellonepalkorea